स्मार्ट डोकोले ल्यायो ‘बडा दशैँ, कडा अफर’

स्मार्ट डोकोले ल्यायो ‘बडा दशैँ, कडा अफर’


इ कमर्स एप स्मार्ट डोकोले नेपालीहरुको महान् चाड दशैंमा आफ्नो ग्राहकका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ  । यस अफरअन्तगर्त ग्राहकले इलेक्ट्रोनिक्स, किराना समान, फेसन, सौन्दर्य प्रसाधनलगायत सामान खरिद गर्दा ६७ प्रतिशतसम्म छुट पाउन सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकहरुले हरेक दिन पेब्बल स्मार्ट वाच र एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा सामसुङ ग्यालेक्सी स्मार्ट फोन जित्न सक्नेछन् । ग्राहकहरुले हिमालयन बैंकमा रु १ हजारसम्मको वा १५ प्रतितशतसम्म क्यास व्याक पाउन सक्नेछन् । जसलाई ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड अथवा प्रिपेड कार्डबाट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले ‘१ रूपी गेम’मा सहभागी भई थुप्रै रोमाञ्चक उपहार रिमेक्स ब्लुटुथ हेडफोन, एक्यु फिट स्मार्टवाच, पेबल ब्लुटुथ हेडफोन, इनरजाइजर पावर ब्यांक जित्न सक्नेछन् । त्यस्तै, ग्राहकले बोया माइक, हकिन्स प्रेसर कुकर, इलेक्ट्रिक बीबीक्यु ग्रिल मेसिन, इन्डक्सन चुलोलगायत सामग्री समेत जित्न सक्ने कम्पनीले जनाएको छ । 

काठमाडौं उपत्यका भित्रका ग्राहकले रु ७५० को न्यूनतम अर्डर मूल्यमा फ्रि डेलिभरीको सुविधा पनि पाउन सक्नेछन् भने नेपालभरिकै ७७ जिल्लामा डेलिभरीको सुविधा पनि उपलब्ध छ ।

स्मार्ट डोकोमा ५० हजारभन्दा बढी सामान उपलब्ध छन्, जसमा बेबी केयर, इलेक्ट्रोनिक्स, किराना समान, स्वास्थ्य, कोभिड र डेंगु निरोधक वस्तुहरू, सौन्दर्य प्रसाधन, घरका सामग्री किन्न सकिने छ । यस अफर २७ सेप्टेम्बरसम्म लागु हुने कम्पनीले जनाएको छ ।

Logo