बैंकहरुले ब्याज बढाउँदैमा निक्षेप बढ्दैन : वरिठ उपाध्यक्ष ढकाल

बैंकहरुले ब्याज बढाउँदैमा निक्षेप बढ्दैन : वरिठ उपाध्यक्ष ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु अस्वाभाविक भएको बताएका छन् ।  

बुधबार नेपाल र इण्डोनेसिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले वाणिज्य बैंकहरुले ब्याज बढाउँदैमा निक्षेप नबढ्ने बताएका हुन् । 

‘बैंकहरुले ब्याजदर बढाउनु स्वाभाविक होइन । अहिले जुन लेभलमा बैंकहरुले ब्याजदर बढाएका छन् । यसरी निक्षेपमा ब्याजदर बढाउने वित्तिकै निक्षेप बढ्छ भन्ने हुँदैन’ ढकालले भने ।

ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यावसायिक गतिविधि बढाउन र उद्योगको क्षमता विस्तार गर्न समेत नसकिएको बताए । पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भएको सुधारले तरलता अभावमा देखिएको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास उनको थियो । व्यावसायिक गतिविधि बढाउनुपर्ने अवस्थामा अहिले तरलता चापले खुम्च्याउने काम गरेको उनले बताए ।

Logo