लमजुङमा थपिए ६ मतदान केन्द्र

लमजुङमा थपिए ६ मतदान केन्द्र


लमजुङमा ६ वटा मतदान केन्द्र थपिएका छन् । योसँगै लमजुङ जिल्लामा मतदात स्थल एक सय २८ र एक सय ८६ मतदान केन्द्र रहेका छन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार थपिएका मतदान केन्द्रमा दोर्दी गाउँपालिका-६ भगवान आधारभूत विद्यालय कीर्तिपुर, दोर्दी-६ कै युल्सा तामाङ सामुदायिक भवन ढोडेनी, दोर्दी वडा ६ हिमालय क्षेत्र सिं आधारभूत विद्यालय दुवार, बेसीसहर नगरपालिका-११ बाल विकास मावि रामचोकबेसी, मध्यनेपाल नगरपालिका-८ विश्वज्योति आधारभूत विद्यालय मजुवाबेसी र सुन्दरबजार नगरपालिका-८ अकला आधारभूत विद्यालय अकला रहेका छन् । 

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रदेश सभाका लागि दुईवटा निर्वाचन क्षेत्र छन् । प्रदेश सभा क तर्फ ६७ मतदान स्थल र ९१ केन्द्र रहेका छन् । त्यस्तै ख तर्फ ६१ मतदान स्थल ९५ केन्द्र छन् । 

Logo