सरकारलाई कोरोना भाइरस विरुद्धको लडाइमा संयम हुन् कांग्रेसको अपील

सरकारलाई कोरोना भाइरस विरुद्धको लडाइमा संयम हुन् कांग्रेसको अपील


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस विरुद्धको संघर्षमा संयम रहन सरकारलाई अपील गरेको छ । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले त्यस्तो अपील गरेका हुन् । राजधानीमा निषेधाज्ञाको पहिलो दिनको अवस्थाले जनजीवन कष्टकर बनाए पनि जनताले कोरोना विरुद्धको लडाईंमा साथ दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कांग्रेसद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘देशको राजधानी काठमाडौं उपत्यका निषेधाज्ञाका कारण एक ढंगले ठप्प स्थितिमा छ र यसले समग्र जन जीवनलाई कष्टकर बनाएको छ। नियमित जीवनमा व्यवधान ब्यहोरेर जनताले कोरोना विरुद्धको संघर्षलाई साथ दिइरहेका छन् । सरकारमा संगै नरहेर पनि संकटमा संगै लड्न सकिन्छ भन्ने मान्यता पुनः दोहोर्‍याउंदै नेपाली कांग्रेस कोरोना विरुद्धको संघर्षमा संयम, सशक्तता र एकताका लागि सरकार र समुदायमा हार्दिक अपील गर्दछ।’

पूरा विज्ञप्ति:

Logo