सत्ता गठबन्धनको सिट बाँडफाँटमा सहमति खोज्ने प्रयास आज पनि जारी

सत्ता गठबन्धनको सिट बाँडफाँटमा सहमति खोज्ने प्रयास आज पनि जारी


सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक शुक्रबार बस्दैछ । 

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धनमा रहेका पाँच दलबीच सिट बाँडफाँटबारे सहमति हुन नसकिरहेको अवस्थामा शुक्रबार पनि गठबन्धन सहमतिको प्रयासमा जुट्न लागेको हो । 

सिट बाँडफाँटमा सहमति खोज्न शीर्ष नेताहरूसहित सिट बाँडफाँट कार्यदलका नेताहरूको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलको बस्न लागेको बैठक अहिले केहिवेरमा सुरु हुनेछ । 

गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भएपनि सिट बाँडफाँटको टुंगो लागेको छैन । नेताहरू निरन्तर छलफलमा छन्, तर सहमति हुन सकेको छैन । 

दलहरूले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । तर, कुन सिट कुन दलले लिने भन्नेमा एकमत हुन सकेको छैन । 

Logo