एनआईसी एशिया बैंकमा नयाँ खाता खोली रेमिटेन्स बुझ्नेलाई आकर्षक दक्षिणा

एनआईसी एशिया बैंकमा नयाँ खाता खोली रेमिटेन्स बुझ्नेलाई आकर्षक दक्षिणा


एनआईसी एशिया बैंकले नेपालीहरुको महान् चाड बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । 

यस योजना अन्तर्गत बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ । कार्तिक ३० सम्मका लागि ल्याइएकाे यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुने बैंकले जनाएकाे छ । 

यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप रू. ३०० प्रदान गर्ने व्यवस्था गरेको छ । 

हाल यस बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Logo