डेंगुको कारण २९ जनाको मृत्यु, २३ हजारमा संक्रमण पुष्टि

डेंगुको कारण २९ जनाको मृत्यु, २३ हजारमा संक्रमण पुष्टि


डेंगुको प्रकोप दिनप्रतिदिनै बढ्दै गएको छ । 

शनिबारसम्म यसको संक्रमणबाट २९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७६ जिल्लामा डेंगु फैलिएको जनाएको छ । अहिलेसम्म मनाङमा मात्रै संक्रमित नदेखिएको बताइएको छ । 

हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको बताएको छ । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको हो । मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु संक्रमण भएको छ । 

लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

Logo