आज थपिए ४५ कोरोना संक्रमित

आज थपिए ४५ कोरोना संक्रमित


नेपालमा पछिल्लो २४ घण्टामा थप ४५ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा दुई हजार ६७८ जनाको नमुना परीक्षण गरिएकोमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा ७० जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको तथ्यांक उपलब्ध छैन ।  

हाल देशभरमा १ हजार ७७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

Logo