रिचार्जर एपको ग्याजेट्स मेलामा अफरै अफर

काठमाडौं,

नजिकिँदै गरेको चार्डपर्वलाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ ।

यसै उपलक्ष्यमा रिचार्जर एप डाउनलोड गरी खाता खोल्नेहरु मध्येबाट एक जनालाई सामसुङको ए ट्वान्टी मोबाइल बितरण गरिने भएको छ । आउँदो भदौ २५ गते रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गरिने रिचार्जरले जनाएको छ ।

यसैक्रममा रिचार्जरले घरघरमै ग्याजेट्स मेला सञ्चालन गर्ने भएको छ । ‘बिजी लाईफ, इजी सोलुसन’ भन्ने नाराका साथ सेवा दिइरहेको रिचार्जरले भदौ ११ गतेदेखि २ सातासम्म ग्याजेट्स मेला संचालन गर्न लागेको हो । ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजना सहित रिचार्जरले मेला सञ्चालन गर्न लागेको हो । विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गर्न लागेको जनाएको छ ।

डिजिटल सपिङ हबमा आफूलाई अब्बल बनाउँदै गएको रिचार्जरले नेपालमै पहिलो पटक मोटर साइकल, गाडी समेत बुकिङ गरी किस्ताबन्दीमा किन्न सकिने व्यवस्था मिलाएको छ ।
अनलाइन मेलामा सस्तो मुल्यमा मोबाईल तथा ईलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने कम्पनिले जनाएको छ । ग्याजेट मेलामा अफर भित्र अफर अन्तर्गत सेवाग्राहीले सरप्राईज गिफ्टह्याम्पर पाउने पनि बताइएको छ । जस अन्र्तगतनै ६० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम गरी मेलामा सुलभ मुल्यमा सामान किन्न सकिन्छ ।

यसमेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटर लगायतका उपकरणहरु शुन्य प्रतिशत व्याजदरमा घरमा बसेर अर्डर गर्न सकिनेछ । साथै बुबाको मुख हेर्ने दिनलाई लक्षित गर्दै रिचार्जरले उपहारको सामानसँगै केक तथा फूलको गुच्छासहितको गिफ्ट प्याकेज उपत्यकाभित्र १ घण्टामा घरमै डेलिभरी दिने व्यवस्था मिलाएको छ ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पनि पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा रिडीम गरी प्रयोग गर्न सकिन्छ । केही समयपछि यस्तो क्यास प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिने व्यवस्था मिलाउन लागिएको ग्लोबलकी टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

रिचार्जर एपबाट सामान खरिद, मोबाइल रिचार्ज, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा दर्जन बढी बैंकको इ बैंकिंगका साथै विभिन्न पेमेण्ट गेटवे र मास्टर तथा भिसा डेविट र क्रेडिट कार्डबाट पैसा तिर्न पनि सकिन्छ । नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै आएको रिचार्जरले अन्य अनलाइन सपिङको तुलनामा सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको छ ।