अरुणखोलाको पुल मर्मत सकिएसँगै राजमार्ग सुचारु

अरुणखोला,

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्बी नवलपरासीको गत हप्ता भाँचिएको अरुणखोला पुल मर्मत सकिएपछि शनिवारदेखि संचालनमा आएको छ । पुल भाँचिएपछि दश दिनदेखि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध थियोे ।

गत साउन २९ गते बिहान पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ४७१ नम्बरको ट्रकले पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नं ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको र सो भाँचिएको पुल शुक्रबार साँझ मर्मत सकिएपछि शनिबार बिहानदेखि पुलमाथि बाटै यातायात संचालन भएको पूर्बी नवलपरासीका प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी कार्कीले अस्थायी डाईभर्सन पाँच पटक बनाएर यातायात संचालन गरिएको र पुल मर्मत गरि यातायात संचालन गरिएको बताउनुभयो । सो पुल जिल्लाकै राजमार्गकै सबै भन्दा लामो पुल हो जसको लम्बाई तीन सय मीटर भन्दा बढि छ । पुलको पुर्ब दक्षिणको भाग १० मिटर लम्बाई र १.५ मिटर तल (गहिराई) मा भासिन जाँदा ठूला र साना गाडी बन्द गरि सडक डिभिजन कार्यालय बुटवलले मर्मत थालेको थियो ।
गोरखापत्रबाट