सन्दीप नेपाल आइपुग्दै, विमानस्थलमा प्रहरीको टोली तैनाथ

सन्दीप नेपाल आइपुग्दै, विमानस्थलमा प्रहरीको टोली तैनाथ


बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने नेपाल आइपुग्ने भएपछि प्रहरीको टोली विमानस्थलमा पुगेको छ ।

सामाजिक सञ्जालमार्फत उनले आज बिहान १० बजे कतार एयरवेजमा त्रिभुवन विमानस्थल आइपुग्ने र आत्मसमर्पण गर्ने जनाएका छन् । उनले भनेका थिए, ‘नेपालको अख्तियारमा आत्मसमर्पण गर्ने मेरो इमानदार प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु । मैले आफ्नो इच्छा अनुसार पेश गरेको बारे प्रहरी अधिकारीलाई लिखित जानकारी गराइसकेको छु ।’ 

सन्दीप सवार विमान केहीबेर अघि काठमाडौं अवतरण गर्नुपर्ने भएपनि मौसमको खराबीका कारण अवतरण गर्न नसकेर काठमाडौंका आकाशमा फन्को लगाइरहेको पनि बताइएको छ । प्रहरीले उनलाई विमानस्थलबाट नै नियन्त्रणमा लिनेछ । सुरुमा जाहेरी परेको गौशाला वृतमा लगिने र त्यसपछि अनुसन्धानको थालिने प्रहरीको भनाइ छ।

Logo