रुपन्देही १ मा भुसालको स्वतन्त्र उम्मेदवारी घोषणा, गठबन्धनको साथ

रुपन्देही १ मा भुसालको स्वतन्त्र उम्मेदवारी घोषणा, गठबन्धनको साथ


नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । 

गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेको भुसालले बताए  । आईतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए ।

स्वतन्त्र उम्मेदवारी दिएको भएपनि गठबन्धनका दलले उनलाई सहयोग गर्ने सहमति भएको नेता भुसालले जानकारी गराए । नेता भुसालले चुनाव चिन्ह भने तय भएनसकेको बताए । माओवादी अध्यक्ष प्रचण्डले आफूलाई सघाएर उम्मेदवारीमा समर्थन गरेकोप्रति उनले प्रचण्डलाई धन्यबाद पनि दिए ।

तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताए । निर्वाचनपछि कुन दलमा जाने भन्नेबारे भने उनले केही खुलाएका छैनन् । 
नेता भुसालले एमाले अध्यक्ष केपी ओलीमा ब्यक्तिबाद हाबी भएको र पार्टीको नीति, सिद्धान्त अनुसार ओली चल्न नसकेको आरोप लगाए ।

पार्टीमा नीति अनुसार नेतृत्व चल्न नसकेकाले आफूले पार्टी परित्याग गरेको उनले  उल्लेख गरे । यसअघि टिकट वितरणमा असन्तुष्टी जनाँउदै भुषालले शनिबार एमाले छाडेको घोषणा गरेका थिए ।

Logo