पासपोर्टमा यस्ता देखिन्छन् बलिउड स्टारहरु

पासपोर्टमा यस्ता देखिन्छन् बलिउड स्टारहरु


बलिउड र साउथ स्टारका धेरै तस्विरहरु हरेक दिन बाहिर आइरहेका हुन्छन् । 

यी तस्विरहरु हेरेपछि हेरिरहु जस्तो लाग्छ । तर यी तस्विरहरु बाहेक बलिउडका स्टारहरुको अन्य केहि तस्विरहरु पनि कहिलेकाही मिडियामा देखिने गरिएको पाइन्छ । आजको लेखमा हामी बलिउड र साउथ स्टारहरुको पासपोर्टमा भएका फोटोहरु देखाउने छौँ । 

१. कंगना रनावत
आफ्नो बयानका कारण सधैं चर्चामा आइरहने स्टार अभिनेत्री कंगना रनावत राहदानीमा छापिएको तस्विरमा बिल्कुलै फरक देखिन्छिन् । पहिलोपल्ट अभिनेत्रीलाई सो तस्विरमा देख्दा चिन्न पनि गाह्रो हुन्छ।

२. शाहरुख खान
बलिउडका किंग खान शाहरुख पनि आफ्नो राहदानीमा छापिएको तस्विरमा बिल्कुलै फरक देखिन्छन् । उनको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।

३. नयनतारा
साउथ अभिनेत्री नयनताराको वास्तविक फोटो र राहदानी तस्विरमा खासै फरक देखिदैन । पासपोर्टको तस्बिरमा अभिनेत्रीलाई सजिलै चिन्न सकिन्छ ।

४. सन्नी लियोनी
बलिउड अभिनेत्री सन्नी लियोनीले बलिउडमा निकै नाम कमाएकी छिन् । तर के तपाईलाई थाहा छ उनको वास्तविक नाम करणजीत कौर हो । सन्नी लियोनीको लुक्स पासपोर्टको तस्विरमा बिल्कुलै फरक देखिन्छ ।

५. सोनू सूद
बलिउड अभिनेता सोनू सूद प्रायः आफ्नो कामका कारण सामाजिक सञ्जालमा चर्चामा रहन्छन् । उनको राहदानीमा छापिएको तस्बिर निकै पुरानो देखिन्छ । किनकी सोनू सूदको लुक पासपोर्टका लागि लिदा भन्दा पूरै बदलिसकेको छ ।

६. प्रियंका चोपडा
बलिउडसँगै हलिउडमा पनि नाम कमाएकी प्रियंका चोपडा पासपोर्टको तस्विरमा उनी वास्तविकमा भए जस्तै देखिन्छिन । पासपोर्टको तस्विरमा उनको लुक निकै क्युट देखिन्छ ।

७. ऐश्वर्या राय बच्चन  
पासपोर्ट फोटोमा पनि ऐश्वर्या राय बच्चन उतिकै सुन्दर देखिन्छिन् । पासपोर्ट तस्विरमा ऐश्वयाको लुक निकै साधारण देखिन्छ । 

 

Logo