#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व102673954045754108218586
नेपाल7061

जब ट्राफिकले यातायातमन्त्री महासेठ चढ्ने गाडीको ‘ह्वील लक’ गरे

काठमाडौं । दुई महिना अघि सिंहबार छेउमै गृह मन्त्रालयका प्रवक्ता चढ्ने गाडीमा ट्राफिक प्रहरीले कारवाही गरे । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी चढ्ने बा२झ ४३८८ नम्बरको गाडीको ‘ह्वील लक’ गरिएको थियो ।

‘ह्वील लक’ गरिएपछि उनले आफ्नो पावर देखाउँदै केही क्षणमै ‘ह्वील अनलक’ गराए । तर एक हजार रुपैयाँ चिट भने काटियो । त्यो बेला ‘ह्वील लक’ गर्ने ट्राफिक प्रहरीको निकै प्रशंसा भएको थियो । केहीले उनलाई सडकमै सम्मान समेत गरेका थिए ।

यस्तै ट्राफिक नियम उल्लंघन गर्दा भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठको गाडी नै कारवाहीमा परेको छ । गत मंगलबार नयाँ बानेश्वरमा मन्त्री महासेठको झण्डावाल बा२झ ४८६२ नम्बरको गाडीमा ट्राफिक प्रहरीले ह्वील लक गरिदिएको हो ।

नयाँ बानेश्वर क्षेत्रमा पैदल यात्रु हिड्ने बाटोमा पार्किङ गरेर राखिएको मन्त्री महासेठको गाडीमा ट्राफिकले ‘ह्वील लक’ गरिदिएको हो । ‘ह्वील लक’ गरिएको गाडीलाई चिट काटेर छाडिएको थियो । त्यो ठाउँमा पार्किङ गरेर राखिएको गाडिमा मन्त्री महासेठ भने थिएनन् । उनका चालकलाई एक हजार रुपैयाँ जरिवाना गरिएको थियो ।

चालक शिवराम थापालाई ट्राफिक प्रहरीले कारवाही गरेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । नियम विपरीत सवारी साधन पार्किङ गर्ने नियम नमान्ने जो कोही भए पनि कारवाही हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिए ।

पैदल यात्रु हिड्ने बाटोमा जथाभावी पार्किङ गरिँदा सर्वसाधारणलाई समस्या हुने गरेको छ । त्यसलाई निरुत्साहित पार्न ट्राफिक प्रहरीले ‘ह्वील लक’ गर्ने योजना अघि सारेको हो ।

गृहको गाडीमा ‘ह्वील लक’ गर्ने ट्राफिकलाई महाशाखाको स्याबास्

जब ट्राफिकले गृह मन्त्रालयकै प्रवक्ताको गाडीमा ‘ह्वील लक’ गरे

 

सम्बन्धित समाचारहरु

ताजा समाचार