नयाँ स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया रोकिन सक्ने

नयाँ स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया रोकिन सक्ने


निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाईसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुबीमा कम्पनीहरुको नयाँ लाईसेन्स खुलाएकोमा सम्बन्धित निकायसंग स्पष्टिकरण माग गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता लागिसकेपछि नयाँ लाईसेन्सको आवेदन माग भएको भन्दै स्पष्टिकरण माग गरेको हो । आयोगले शनिबार नेपाल धितोपत्र बोर्ड, बीमा समिति र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाईसेन्स प्रक्रियालाई किन नरोक्ने भनि स्पष्टिकरण माग गरिएको हो ।

आयोगले ति निकायहरुलाई तिन दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको छ। निर्वाचन आचारसंहिता सुरु भइसकेपछि नियमविपरित लाईसेन्स प्रक्रिया खोलिएको भन्दै यसलाई रोक्न केही दिनअघि निर्वाचन आयोगमा उजुरी परेको थियो । 

Logo