समूह विजेता बन्दै जिम्बाब्वे पुग्यो सुपर १२ मा

समूह विजेता बन्दै जिम्बाब्वे पुग्यो सुपर १२ मा


आईसीसी टी–२० विश्व कप क्रिकेटमा जिम्बावे सुपर १२ मा प्रवेश गरेको छ । 

आज शुक्रवार भएको खेलमा स्कटल्यान्डलाई हराउँदै जिम्बावे सुपर १२ मा प्रवेश गरेको हो । जितका लागि १ सय ३३ रन पछ्याएको जिम्बावेले नौ बलको खेल बाँकी छँदा पाँच विकेट गुमाएर विजयी रन बनाएको थियो । जिम्बावेका लागि प्रारम्भिक ब्याटर तथा कप्तान क्रेग एरभिनले जितको आधार तयार पारे र उनले ५४ बलमा ५८ रन बनाए । उनले छ चौका प्रहार गरे । त्यस्तै लयमा रहेका सिकन्दर राजाले २३ बलमा ४० रन जोडे । उनले तीन चौका र दुई छक्का प्रहार गरे । स्कटल्यान्डका जस ड्याभीले दुई विकेट लिए । ब्राड हिल, मार्क वाट र मिचेल लिस्कले समान एक विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले ५४ रन बनाएका थिए । क्यालम म्यालिओडले २५, कप्तान रिची बेरिङटनले १३ र मिचले लिस्कले १२ रन बनाएका थिए । यस जितसँगै जिम्बावे आफ्नो समूहको विजेता पनि बनेको छ ।

समूह विजेता जिम्बाब्वेले अब सुपर १२ को समूह २ मा भारत, पाकिस्तान, बंगलादेश, नेदरल्यान्ड्स र दक्षिण अफ्रिकासँग खेल्नेछ । यस्तै, उपविजेताको रूपमा सुपर १२ प्रवेश गरेको आयरल्यान्डले समूह १ मा अस्ट्रेलिया न्युजिल्यान्ड, इङ्ल्यान्ड, अफगानिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

Logo