सवारी दुर्घटना हुँदा दाङमा २ जनाको मृत्यु, १५ जना घाइते
File Photo

दाङ,

दाङमा सोमबार भएको फरक फरक दुर्घटनामा २ जनाको मुत्यु भएको छ र भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही-भालुबाङ सडक खण्डको पिपरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

लु १९ प ५५०६ र रा ३ प २०६१को मोटरसाइकल एक आपसमा ठोक्किएका बेला पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा घोराही —१५ निबासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही-४ निबासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

यसैबीच प्यूठानको स्वर्गद्वारीबाट कपिलबस्तु जाँदै गरेको लु २ ख ६२६९ नन्बरको यात्रु्बहाक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–१ जुरौनीमा लु २ ख ६२६९ नम्बरको बस आफै अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ।

बसमा ४५ जना यात्रु सवार थिए घाइतेमध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवत्ता विनोद विक्रम शाहदे बताए । उनीहरुलको भालुवाङस्थित राप्ती पोलिक्निकमा उपचार भइरहेको प्रवत्ता शाहले जानकारी दिए ।
अन्नपूर्णबाट