प्रधानमन्त्रीले ‘आउनुहोस्, सँगै फर्किउला’ भनेपछि बामदेव पनि सिंगापुर जाँदै

काठमाडौं । नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जाने भएका छन् । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीले बोलाएपछि गौतम बुधबार दिउँसो त्यसतर्फ जान लागेका हुन् ।

यसअघि नेकपा महासचिव विष्णु पौडेल मंगलबार सिंगापुर गएका थिए । पौडेलसँगै गौतम पनि जाने भनिएको थियो । तर अन्तिम समयमा आएर पार्टीको काम देखाउँदै सिंगापुर जाने कार्यक्रम रद्द गरेका थिए ।

प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ जान लागेको नेकपा स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले गौतमलाई सिंगापुर आउनुहोस्, सँगै फर्किएला भनेका थिए ।

प्रधानमन्त्री ओलीको आज छैटौँ चरणको प्लाज्माफेरिसिस प्रकृयाबाट उपचार गरिनेछ । स्वास्थ्य अवस्था सामान्य रहेमा प्रधानमन्त्री ओली यही २० गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

ताजा समाचार

प्रधानमन्त्रीले ‘आउनुहोस्, सँगै फर्किउला’ भनेपछि बामदेव पनि सिंगापुर जाँदै