भेरी नदीमा डुबेर एक जनाको मृत्यु, बचाउन गएका पनि बेपत्ता

भेरी नदीमा डुबेर एक जनाको मृत्यु, बचाउन गएका पनि बेपत्ता


भेरी नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । 

नदीको किनारमा वनभोज खान गएका जाजरकोट भेरी नगरपालिका –४ का २० बर्षका रोशन खड्काको नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

साथै एक जना बेपत्ता भएका छन् । नदीमा डुबेका साथीलाई बचाउन गएका भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी बेपत्ता भएका हुन् । तर,  नदीमा डुबेका बीरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । 

हाल नदी पारी रहेको शवलाई निकाल्ने र बेपत्ताको खोजी काम भइरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले जानकारी दिए । 

तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका -११ मटेलास्थित भेरी नदी किनारामा पिकनिक(भोज)को आयोजना गरेका थिए । पिकनिक गएका युवाहरु नदीमा नुहाउने क्रममा डुबेर साे घटना हुन पुगेकाे प्रहरीले जनाएको छ । 

Logo