आज थप २० जनामा कोरोना संक्रमण

आज थप २० जनामा कोरोना संक्रमण


नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८४ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कसैकाे मृत्यु भएको खबर छैन । 

हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । यसका साथै मुलुकमा पीसीआर परीक्षण गर्दा १० लाख ५५० जना र एन्टिजेन परीक्षण गर्दा एक लाख ५२ हजार १५५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये नौ लाख ८७ हजार ९७९ जना निको भइसकेका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५५२ रहेको छ ।

Logo