मोटोपन हुँदा ध्यान दिनुपर्ने कुराहरू

मोटोपनाले अचेल धेरैलाई सताउने गरेको छ । विभिन्न उपाय अपनाउँदा पनि मोटोपना नघटेर हैरान हुनेहरुको जमात पनि उत्तिकै छ।  तर, बेलैमा ध्यान दिन सके यस्तो समस्याबाट जोगिन सकिने बताउँछन् हिमालयन योग तथा प्राकृतिक हस्पिटलका मेडिकल डाइरेक्टर यञ्जन गैह्रे ।

–शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने । जस्तै, नियमित १ घण्टा हिँड्ने, खेतबारीमा काम गर्ने, खेलकुदमा भाग लिने, पौडी खेल्ने ।

–गुलियो र चिल्लो खानेकुरा (चिनी, मिठाई, घिउ, वटर, चीज, पनिर, तेल आदि) को सेवन अत्यन्त कम गर्ने ।

–खाना खानुअघि एक कचौरा हरियो सलाद खाने बानी बसाल्ने ।

–रातको खानामा २ वटा रोटी, १ कचौरा हरियो सागसब्जी, सलाद र सुप खाने ।

–पानी पर्याप्त मात्रामा पिउने ।

–धूमपान, मद्यपान तथा सूर्तीजन्य पदार्थ (रक्सी, चुरोट, खैनी, पान, सूर्ती, बिँडी आदि) को सेवन नगर्ने ।

–योग, ध्यान, प्राणयाम गर्ने र तनावयुक्त जीवन जिउने । सूर्य नमस्कार, अनुलोमविलोम, कपालभाती, भस्त्रिका आदि नियमितत गर्ने ।

नोट:  खानामा रोटी भातको मात्रा २०–४० प्रतिशत तथा हरियो सागसब्जी र सुपको मात्रा ६०–८० प्रतिशत हुनुपर्दछ ।