#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30719365956881740912722353357
नेपाल615933901738343820

लागूऔषधसहित लोकन्थलीबाट २ जना पक्राउ

काठमाडौं,

मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीबाट अवैध लागूऔषध र धारिलो हतियारसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले सवारीसाधन जाँचका क्रममा बा ७९ प २७४१ नम्बरको स्कुटरमा आएका दुई जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोर्खाको सिरानचोक–२ स्थाई घर भई हाल भक्तपुरको बालकोट बस्ने २१ वर्षीय सुरथ थापा र २० वर्षीय कविराम पसखल रहेका छन् । उनीहरुको साथबाट लागूऔषध नाइट्रोभेटसहित धारिलो हतियार बरामद भएको प्रहरीले जनाएको छ ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार