दशैंलक्षित सहुलियत पसल आजदेखि

काठमाडौं,

सरकारले आजदेखि दशैंलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनुका साथै बजारमा हुने अस्वाभाविक मूल्य वृद्धिलाई नियन्त्रण गर्नका लागि आजदेखि सुपथ पसल सञ्चालन गर्न लागिएको हो ।

सुपथ पसल भदौ २३ गते (आज) देखि छठपर्वसम्म सञ्चालन गरिने उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले जानकारी दिएको छ । चाडपर्वमा उपभोक्ताका लागि राहत दिनका लागि सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारी स्वामित्वमा रहेका नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासँगै उपत्यका बाहिर गरि करिव ७० ठाउँमा सहुलियत पसल सञ्चालन गर्नेछन् । सहुलियत पसलमा मोटा चामल, प्रतिकेजी पाँच, मसिनो चामलमा प्रतिकेजी १० रुपैयाँ, चिनी प्रतिकेजीमा पाँच,खसीबोका प्रतिकेजीमा १० रुपैयाँ र नुन प्रतिकेजीमा दुई रुपैयाँ छुट दिइने मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिइन् ।

यो वर्ष सहुलियत पसल सञ्चालन गर्नका लागि ३ करोड २५ लाख रुपैयाँ छुट्याएको मन्त्रालयले जानकारी दिएको छ । खाद्य संस्थानको लागि १ करोड ७५ लाख र साल्ट टे«डिङ कर्पोरेसनको लागि १ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको हो । चाडपर्वमा बजारमा किनमेल बढी हुने हुँदा बजारका कृत्रिम अभाव कालोबजारी हुन सक्ने भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।
कारोबारबाट