प्रधानमन्त्री देउवा धनगढीमा, निवासमै कार्यकर्तासँग भेट गर्ने

प्रधानमन्त्री देउवा धनगढीमा, निवासमै कार्यकर्तासँग भेट गर्ने


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धनगढी पुगेका छन् । आफ्नो निर्वाचन क्षेत्र रहेको डडेल्धुरा जानुअघि बुधबार देउवा धनगढी पुगेका हुन् ।

धनगढी-४ स्थित आफ्नै निवासमा बसेका उनले यहाँका कार्यकर्तासँग भेटघाट गर्दै छन् । कैलाली-५ को प्रदेश सभा (ख) बाट प्रकाश देउवाले उम्मेदवारी दिएका छन् । उनी प्रधानमन्त्री देउवाका भतिजासमेत हुन् ।

बुधबार धनगढीमै बस्ने देउवा बिहीबार आफूले उम्मेदवारी दिएको क्षेत्र डडेल्धुरा जाने छन् । डडेल्धुरामा ४ दिनसम्म उनले चुनावी गतिविधि सञ्चालन गर्ने छन् । 

निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जान लागेका प्रधानमन्त्री देउवालाई सरकारी श्रोत साधनको प्रयोग नगर्न निर्वाचन आयोगले चेतावनी दिएको छ ।  

Logo