एमाले अध्यक्ष ओली धनगढीमा

एमाले अध्यक्ष ओली धनगढीमा


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न दार्चुला जाने क्रममा बिहीबार उनी धनगढी पुगेका हुन् ।

अध्यक्ष ओली भोली दार्चुलामा आयोजना हुने चुनावि सभालाई सम्बोधन गर्न दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश कमिटि सचिव धर्मराज पाठकले बताए । ओलीले आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थालेको छ । 

‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो,’ प्रदेश सचिव पाठकले भने ‘त्यो हाम्रो ठूलो उपलब्धी पनि हो । त्यसैले चुनावि अभियान पनि दार्चुलाबाटै सुरु गरी हाम्रो भूमि आम्रै अधिकारमा ल्याउन पहल गरिने सन्देश दिइने छ ।’

दार्चुला सदरमुकाम खलंगामा भोली आज बिहान ११ बजे अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । आज नै ओलीले २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा आयोजना हुने सभामा पनि सम्बोधन गर्ने कार्यतालिका रहेको सचिव पाठकले बताए ।

Logo