प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ ।

आज भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिन प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका हुन् । साथै उनीहरुबीच समसामियक विषयमा पनि कुराकानी भएकाे थियाे ।

यसै अवसरमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै पनि भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका थिए ।

Logo