युक्रेन युद्धःक्रेमलिनसँग ‘सञ्चार’ गरेको अमेरिकाद्वारा पुष्टि

युक्रेन युद्धःक्रेमलिनसँग ‘सञ्चार’ गरेको अमेरिकाद्वारा पुष्टि


अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्ध भए पनि वासिंगटन र मस्कोबीच सञ्चार च्यानलहरू खुला रहेको पुष्टि गरेका छन् । 

न्युयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकी हितमा रहेको बताए । ह्वाइट हाउसले युक्रेनमा आणविक वृद्धि रोक्नको लागि सुलिवानले रुससँग वार्ताको नेतृत्व गरिरहेको रिपोर्टलाई अस्वीकार गरिरहेको सन्दर्भमा पछिल्लो विवरण सार्वजनिक भएको हो । 

वाल स्ट्रिट जर्नलका अनुसार सुलिवानले आफ्ना रुसी समकक्ष, सुरक्षा परिषद् सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनामा गोप्य छलफल गरेका छन् । 

वरिष्ठ अधिकारीहरूले वाल स्ट्रिट जर्नललाई जनाएअनुसार उनीहरूले युक्रेनको युद्धमा आणविक वृद्धिको जोखिमबाट जोगाउने तरिकाहरूबारे छलफल गरेका थिए, तर द्वन्द्व अन्त्य गर्ने उपायमा कुनै वार्तामा संलग्न थिएनन्।
 

Logo