बाँके घटनाको विरोधमा कांग्रेसद्वारा आन्दोलनको घोषणा
फाईल फोटो: कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पत्रकार सम्मेलन गर्दै ।

काठमाडौं । दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा आक्रमण भएको विरोधमा नेपाली कांग्रेसले विरोध प्रदर्शनको घोषणा गरेको छ ।

पार्टी कार्यालय सानेपामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले घटनाको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आन्दोलनका कार्यक्रममा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, माइतीघर मण्डलामा प्रदर्शन गर्ने लगायत रहेका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सभापतिको नेतृत्वमा शनिबार ८ बजे गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने कार्यक्रम राखिएको प्रवक्ता शर्माले बताए ।

घटनामा संलग्नहरुलाई तत्काल कारबाही नगरे थप आन्दोलन घोषण गर्ने कांग्रेसले चेतावनी दिएको छ । जागरण अभियानको क्रममा बिहीबार बाँकेको खजुरा नागपालिका २ सीतापुरमा भएको कार्यक्रम सत्तारुढ नेकपाका कार्यकर्ताले विथालेको थियो । त्यसक्रममा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ ।