गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक सापकोटा र पण्डित

गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक सापकोटा र पण्डित


चर्चित हास्य कलाकार सुरवीर पण्डित ‘दारी बाजे’ले सिन्धुपाल्चोकमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।  

हास्य प्रस्तुतीमा दारी बाजे नामले चर्चित पण्डितले सिन्धुपाल्चोक १ मा भएका विभिन्न कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु माधव सापकोटा र देश सभा उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे ।

लिसंखुपाखर गाउँपालिकाको विभिन्न स्थानमा भएको कार्यक्रममा सहभागी उनले आफ्नो मर्मस्पर्शी प्रस्तुतिसहित सापकोटा र मसिनालाई जिताउँदा युवा र महिलाले काम गरेर देखाउन अवसर पाउने सुनाए । युवा र महिलाले जित्दा देशले कोल्टे फेर्ने उनको तर्क थियो ।

यसअघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभन्न स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेका थिए । सापकोटाले ‘अरु कुरा था छैन, गठबन्धनलाई नजिताई भा छैन, सुबोध, सरल, मसिनालाई नजिताई भा’ छैन’ बोलको गीत गाएका थिए ।

Logo