राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहित पौडेल नियुक्त

राष्ट्रिय क्रिकेट टिमकाे नयाँ कप्तानमा रोहित पौडेल नियुक्त


रोहितकुमार पौडेल राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार उपकप्तानमा रहेका रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो ।

सन्दीप लामिछानेलाई बालिका बलात्कारको आरोप लागेपछि क्यानले कप्तानको जिम्मेवारीबाट बर्खास्त गरेको थियो । हाल उनी पुर्पक्षका लागि थुनामा छन् । त्यसपछि रिक्त रहेको कप्तान पदमा रोहितलाई नियुक्त गरिएको हो । 

२० वर्षीय युवा ब्याटरका रुपमा राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका रोहितले यसअघि केन्या भ्रमणमा कप्तानी सम्हालिसकेका छन् । उनले  नेपालको यू-१९ उमेर समूहको पनि कप्तानी गरेका थिए ।

सन् २०१८ मा डिभिजन २ मा नामिबियासँग डेब्यू गरेका रोहितले नेपालबाट २५ खेलमा ओडिआई खेलमा १ शतक र ५ अर्धशतकसहित कुल ८ सय ८ रन बनाएका छन् । साथै उनले २१ टि२० आई र ४० लिष्ट ए खेल खेलेका छन् ।

रोहितको कप्तानीमा नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ । यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।

Logo