दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, एककाे अवस्था गम्भीर

दार्चुलामा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, एककाे अवस्था गम्भीर


दार्चुलामा सत्तारुढ गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप भएको छ । 

आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचार/प्रसारका क्रममा दुई समूहबीच भएको विवादपछि झडप भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश शाहीले बताए ।
 
झडपमा परी नौगाढ गाउँपालिका ५ का अन्दाजी २२/२३ वर्षीय निरे ठगुन्ना र नौगाढ गाउँपालिका ६ का अन्दाजी ३४/३५ वर्षीय जयभान धामी घाइते भएका उनले बताए । घाइते मध्ये गठुन्ना एमालेका कार्यकर्ता हुन् भने धामी कांग्रेस कार्यकर्ता हुन् ।

घाइते धामीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको सूचना अधिकारी शाहीले बताए । अर्का घाइते ठगुन्नाको अवस्था सामान्य रहेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Logo