एमालेकी करिष्मा मानन्धरले मागिन् रेखा थापाको पक्षमा भोट

एमालेकी करिष्मा मानन्धरले मागिन् रेखा थापाको पक्षमा भोट


नेकपा एमालेकी नेतृ एवं अभिनेत्री करिष्मा मानन्धरले राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाको पक्षमा मत मागेकी छन् । उनले अभिनेत्रीसमेत रहेकी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएकी थापालाई जिताउन आग्रह गरेकी हुन् ।  

सामाजिक सञ्जालमार्फत मानन्धरले कलाकार राष्ट्रका अभिन्न अंग रहेको र यस क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका कारण राज्यको मुख्य तहमा आफ्नो कुरा राख्नकै लागि पनि थापालाई मत हालेर जिताउन मोरङवासीलाई आग्रह गरेकी छन् । 

‘कलाकार राष्ट्रका अभिन्न अंगहुन् । संस्कृति, संस्कारका सम्बाहक हुन । यो क्षेत्रको निर्माण , विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनि सकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङवासीलाई आग्रह गर्दछु’ उनले लेखेकी छन् । 

Logo