पर्सामा घाँटी रेटिएको अवस्थामा युवकको शव फेला

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । विन्दवासिनी-५ हासवास्थित पुल नजिकै खाल्डोमा शव पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।

सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको पर्सा प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।

घाँटीमा काटिएको जस्तो चोट रहेको अवस्थामा फेला परेको युवकको पहिचान हुन नसकेको उनको भनाइ छ । शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।