गेट कलेजका ४० विद्यार्थी दीक्षित (भिडियोसहित)

काठमाडौं । भाद्र २४ गते गेट कलेज, मण्डिखाटारमा दीक्षान्त समारोह सम्पन्न भएको छ । गेट कलेज र टेफ (एनएसडब्ल्यु) अस्ट्रेलियासँगको सम्बन्धनमा सञ्चालित प्रोग्रामअन्तर्गत सञ्चालित विभिन्न विधाका ४० जना विद्यार्थी दीक्षित भएका छन् ।
जसमा टेफतर्फबाट १५ जना, कलिनरी आर्ट तर्पmबाट १५ जना तथा बेकरी तर्फबाट १० जना गरेर जम्मा ४० विद्यार्थी दीक्षित भएका हुन् ।

उक्त समारोहका प्रमुख अतिथिका रूपमा अष्ट्रेलियन राजदूतावासका एक्टिङ्ग एम्बासडर ग्रान्डी मार्फी सहभागी थिए भने अन्य अतिथि तथा वक्ताहरूमा डा. स्वर्णिम वाग्ले, सन्जिव रन्जित, गोविन्द नरसिंह केसी थिए ।

कार्यक्रममा कलेजका संस्थापक तथा सीईओ खेमराज लकाईले गेट कलेजले नेपाली विद्यार्थीहरूका लागि अस्ट्रेलियाको कोर्स नेपालमै उपलब्ध गराइएकाले यसबाट उनीहरू लाभान्वित हुने बताए ।

गेट कलेजमा दीक्षान्त समारोह सम्पन्न || Gate College

गेट कलेजमा दीक्षान्त समारोह सम्पन्न || Gate College

Posted by Kendrabindu – केन्द्रबिन्दु on Wednesday, September 11, 2019