शहरी विकास मन्त्री र स्वास्थ्य मन्त्रीलाई जरिवाना

शहरी विकास मन्त्री र स्वास्थ्य मन्त्रीलाई जरिवाना


निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । 

निर्वाचन आचार संहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसूरमा उनलाई आयोगले जरिवाना गरेको हो । चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहतस्वरूप चामल बाँडेर मतदाता प्रभावित पारेको आयोगको आरोप छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीकाे सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ । 

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको बताइएकाे छ ।

Logo