काठमाडौं-१ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सुरु

काठमाडौं-१ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सुरु


काठमाडौं क्षेत्र नम्बर १ को मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ । 

सर्वदलीय बैठक बसेर सहमतिपछि मतगणना सुरु भएको हो । आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको हो । काठमाडौं १ मा विवेकशील साझा पार्टी छाडेर राप्रपाको उम्मेदवार बनेका रवीन्द्र मिश्र र कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहसहत उम्मेदवार चुनावी प्तिस्पर्धामा छन् । 

त्यस्तै नेकपा एमालेका युवा नेता किरण पौडेल, घण्टी चिन्ह लिएर उठेका पुकार बमदेखि पूर्वडीआइजी रमेश खरेलसम्म यही क्षेत्रबाट चुनावी मैदानमा रहेकाले धेरैको ध्यान तानेको छ । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि ३२ जना चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न दलका २१ उम्मेदवार छन् भने ११ जना स्वतन्त्र उम्मेदवारका रुपमा मैदानमा छन्।

Logo