काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको तीन-तीन स्थानमा अग्रता

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको तीन-तीन स्थानमा अग्रता


काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये मतगणना भएका आठ क्षेत्रमा कांग्रेस र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले तीन–तीन र एमालेले दुई निर्वाचन क्षेत्रमा प्रारम्भिक अग्रता लिएका छन् ।

मतगणना भएका काठमाडौं १, ४ र १० निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार क्रमशः प्रकाशमान सिंह, गगन थापा र राजेन्द्रकुमार केसीले अग्रता लिएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ६, ७ र ८ मा अग्रता लिएको छ । काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, ७ मा गणेश पराजुली र ८ मा विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् ।

काठमाडौं २ र ५ नम्बर क्षेत्रमा मतगणना हुन सकेको छैन ।

Logo