#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1584955947201141421348814
नेपाल9081

नेपाल आइडलको अडिशन सुदूरपश्चिममा किन गरिएन ? आयोजकको प्रस्टोक्ति

काठमाडौं । नेपाल आइडल सिजन–३ को अडिशन सुदूरपश्चिममा आयोजना नगरिएकोबारे प्रस्ट पारिएको छ । सिजन २ को विजेता रवि ओड सुदूरपश्चिम प्रदेशकै भएर पनि अडिशन नराखिएको भन्दै चर्को आलोचना भइरहेका बेला आयोजकले त्यसबारे प्रस्ट पारेको हो ।

प्रत्येक वर्ष फरक फरक क्षेत्रमा अडिशन गर्ने नेपाल आइडलको नीति अनुसार सुदूरपश्चिममा नगरिएको ए.पी वान टेलिभिजनका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद पौड्यालले जानकारी दिए । ‘हाम्रो नीतिमा एक वर्ष एक ठाउँमा अडिशन गरेपछि अर्को वर्ष त्यो ठाउँमा गरिदैन् । प्रत्येक वर्ष नयाँ नयाँ क्षेत्रमा अडिशन गरिन्छ ।’ पौड्यालले भने ।

ग्रीष्मा ब्रोडकास्टिङसँग गरिएको कार्यक्रम सम्झौता कार्यक्रममा बोल्दै कार्यकारी पौड्यालले काठमाडौं र पोखराबाहेक अरु ठाउँ परिवर्तन हुने भएकाले अघिल्लो वर्ष धनगढीमा गरिएको तर यो वर्ष नेपालगञ्जमा हुने स्पष्ट पारे ।

काठमाडौंको होटल ए लोफ्टमा आयोजित विश्व भ्रमण कार्यक्रमको पत्रकार सम्मेलनमा ग्रीष्मासँग कार्यक्रम सम्झौता गरिएको छ । सम्झौतामा ए पी वान टेलिभिजनका कार्यकारी निर्देशक पौड्याल र ग्रीष्माका तर्फबाट सीईओ गृहेन्द्र घिमिरेले हस्ताक्षर गरेका थिए । अब नेपाल आइडल सिजन ३ बाट सिजन ५ सम्म ग्रीष्माले सहकार्य गर्नेछ ।

अब ग्रीष्माले नेपाल आइडलका बिजेताहरुको विश्व भ्रमणमा सहयोग गर्ने सीईओ गृहेन्द्र घिमिरेले बताए । नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा जोखिम नभई एकदमै उत्साहित रहेको बताए ।

नेपाल आइडल सिजन ३ को दुई ठाउँमा अडिशन भइसकेको छ । असोज ३ गते पोखरामा अडिशन भएको थियो । भने असोज ४ गते बुटवलमा सम्पन्न भएको थियो । दुई संस्करण सफलताका साथ सम्पन्न गरेको नेपाल आइडल नेपालको सबैभन्दा ठूलो गायन रियालिटी शो हो । नोभेम्बर ९ गतेबाट तेस्रो संस्करण एपी वानबाट प्रशारणमा आउनेछ ।

अहिले चलिरहेको लोक गायन रियालिटी शो आएमई लोक स्टार प्रतियोगिता सम्पन्न भएसँगै सुरु हुने एपी वानले जनाएको छ । नेपाल आइडल सिजन १ को उपाधी पोखराका बुद्ध लामाले जितेका थिए भने दोस्रो संस्करणको उपाधी कञ्चनपुरका रवि ओडले जितेका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार