मेसी बने छैटौं पटक फिफा वर्ष खेलाडी

बार्सिलोना,

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बनेका छन् । रोनाल्डोलाई पछि पार्दै मेसी छैटौं पटक फिफा वर्ष खेलाडी बनेका हुन्।

सोमबार मिलानमा आयोजित समारोहमा मेसीले क्रिष्टियानो रोनाल्डो र भर्जिल भान डाइकलाई पछि पार्दै फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले यो अवार्ड छैटौंपटक जितेका हुन् । यस अघि सन् २००९, २०१०, २००११, २०१२ र २०१५ मा पनि यो अवार्ड जितेका थिए ।

मेसीले यसपटक बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । योसँगै बार्सिलोनालाई उनले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुर्‍याउन योगदान दिएका थिए।

महिलातर्फको अवार्ड भने संयूक्त अधिराज्य अमेरिकाकी मेगान रापिनाइले जितिन् । यसैगरी वर्ष प्रशिक्षक पुरूष तर्फको उपाधि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप्पले जितेका छन् भने महिलातर्फको उपाधि भने जिल एलिसले जितेकी छिन् ।
एजेन्सी