कक्षा ११ को नतिजा आज सार्वजनिक हुँदै

गत बैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको कक्षा ११ को नतिजा मंगलबार सार्वजनिक हुँदैछ । नतिजा प्रकाशन तयारीका लागि सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज नतिजा सार्वजनिक गरेको निर्णय गरेको थियो ।

परीक्षामा आंशिक र नियमिततर्फगरी ५ लाख ८ हजार परीक्षार्थी सहभागी थिए । ११ कक्षामा मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थी परीक्षामा सम्मिलित थिए । परीक्षाका लागि एक हजार १ सय ७ केन्द्रमा परीक्षा भएको थियो ।