जनताले मिलेर जान भनेका छन्, सोही अनुसार गर्छौं -सुवास नेम्वाङ

जनताले मिलेर जान भनेका छन्, सोही अनुसार गर्छौं -सुवास नेम्वाङ


एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्ने बताए छन् । इलाम- २ बाट निर्वाचित भएपछि मतदातासँगको भेटघाटमा उनले यस्तो बताएका हुन् । 

उपाध्यक्ष नेम्वाङले जतमतले कुनै पनि पार्टीलाई बहुमत नदिएको र सोही जनमतअनुसार दलहरू अघि बढ्ने प्रष्ट पारे । नयाँ पार्टीहरूको आगमनलाई पनि सामान्य रुपमा लिनुपर्ने उनले बताए । 

‘हाम्रो संविधानले नै मिश्रित निर्वाचन प्रणली अपनाएको छ । यही प्रणालीअनुसार नयाँ पर्टीहरू आएका हुन् । उनीहरूको आगमनले थप अस्थिरता पैदा हुन्छ की भन्ने मानिसहरूमा आशंका छ । त्यस्तो हुँदैन । जनताले सबैलाई मिलेरअघि जान भनेका छन् । सोही अनुसार गर्छौ ।’ उनले भने। 

Logo