धनुषा ४ (२) मा एमालेका हरिनारायण महतो विजयी

धनुषा ४ (२) मा एमालेका हरिनारायण महतो विजयी


धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी भएका छन् । नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी भएका हुन् । 

विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आएका सत्रुधन यसपटक भने पराजित भएका छन् । 

हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गरे ।मतगणनाको सुरु देखि नै अग्रता बनाएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी भएका हुन् ।

Logo