दिपकराज गिरीको नयाँ शैलीः ‘छ माया छपक्कै’ को ‘बिच्च बिच्चमा’

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ प्रमोशनको लागि नयाँ शैली अनाइएको छ । असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र छ माया छपक्कको प्रमोशनको लागि एउटा प्रमोशनल गीत तयार पारिएको छ । यो बर्षको तीजमा राम्रो चर्चामा आएको दुर्गेश थापाको ‘बिच्च बिच्चमा’ बोलको गीतमा चलचित्र प्रमोशनको भिडियो बनाइएको हो ।

‘छ माया छपक्कै बिच्च बिच्चमा’ बोलको प्रमोशन गीतले चलचित्रको प्रचारमा ठूलै फाइदा पुर्याउने देखिएको छ । दिपकराज गिरी र उनको टिमले यो चलचित्र प्रमोशनको नयाँ शैली अपनाएका हुन् ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टको साथमा गायक दुर्गेश थापा, सहयोगी निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी देखिएका छन् ।