क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो


क्रोएसिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बिहीवार बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै साविकको उपविजेतासमेत रहेको क्रोएसिया नकआउट चरणमा पुगेको हो । 

१३अ‍ौं मिनेटमा पेनाल्टी क्षेत्रभित्र यानिक करास्कोले फल गर्दा रेफ्रीले क्रोएसियालाई पेनाल्टी दिए । तर भिडियो एसिसेन्ट रेफ्रीले उक्त मुभका क्रममा अफसाइड भएकाले उक्त पेनाल्टीले मान्यता पाएन । साथै, बेल्जियमले पनि सुन्दर अवसर गुमाउन पुग्यो । दोस्रो हाफमा रोमेलु लुकाकुले पाएका थुप्रै अवसरहरु गोललाइन नजिकबाट फुत्किए । 

May be an image of 1 person

खेल बराबरीमा रोकिएसँगै समूह एफकाे क्रोएसिया ५ अंकका साथ समूह उपविजेता बनेर नकआउट चरणमा पुगेको छ भने बेल्जियमको ४ अंक मात्रै भयो, तेस्राे स्थानमा रहेर बाहिरिन पुग्याे । यसअघि सेमिफाइनलको यात्रा गरेको बेल्जियम उत्कृष्ट प्रदर्शनको अभावमा समूह चरणमै समेटिन पुग्यो । यस समूहमा मोरक्को ७ अंकका साथ शीर्ष स्थानमा रहेर अन्तिम १६ मा पुग्यो। 

Logo