अब सरकारले विदेशबाट दैनिक पाँच सय जनाको मात्रै उद्धार गर्ने

अब सरकारले विदेशबाट दैनिक पाँच सय जनाको मात्रै उद्धार गर्ने


काठमाडौं ।

सरकारले अब दैनिक अधिकतम पाँच सय जना नेपालीलाई मात्रै विदेशबाट उद्धार गर्ने भएको छ।

सोमबारको मन्त्रिपरिषद्को बैठकले सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कुटनीतिक नियोगको सिफारिसमा दैनिक तीन सय जना मात्रै र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोर्ने गरी दैनिक दुई सय जनासम्म गरी दैनिक अधिकतम पाँच सय नेपाली स्वदेश ल्याउने गरी उडान गर्न अनुमति दिएको छ।

यसरी देश फर्किएका नेपालीलाई काठमाडौंमै तोकिएको स्थानमा क्वारेन्टिनमा बस्नु पर्नेछ ।

Logo