नेपाल र यूएईबीच हवाई सम्झौता

काठमाडौं । नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीच हवाई सम्झौता भएको छ । क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलनका दौरानमा दुई देशबीच सम्झौता भएको हो । सम्झौतामा नेपालका तर्फबाट पर्यटन मन्त्री योगेश भट्टराई र यूएईएका तर्फबाट अर्थमन्त्री सुल्तान विन सइदले हस्ताक्षर गरे ।

यी दुई मुलुकबीच यसअघि नै प्रारम्भिक द्विपक्षीय हवाई सेवा सम्झौता भएको थियो । सम्झौतापछि भन्सार सहुलियत, आयकर उपयोग शुल्क सहज हुनेछ । हवाई सेवा सम्झौताले बिगतमा भएका समझदारीलाई अनुमोदन गर्दै थप बलियो बनाएको छ ।

त्यसैगरि अन्तरास्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र बिश्वासिलो बनाउनुका साथै सहयोगको आदान प्रदान गर्न मदत् पुग्नेछ ।