काठमाडौं उपत्यकामा आज १३४ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज १३४ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज १३४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए अनुसार आज थपिएका मध्ये काठमाडौंका ११० जना, ललितपुरका १६ जना र भक्तपुरका ८ जना रहेका छन् ।

यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । आज ६३८ जना थपिएका छन् । सोमबार ३३८ जना थपिएका थिए ।

आजसम्म सक्रिय संक्रमितको संख्या ७,२०१ छ । आज १० हजार ४६२ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । आज १७१ जना निको भएका छन् । सोमबार १४० जना निको भएका थिए ।

मृत्यु हुनेको संख्या ८३ पुगेको छ । आज ४ जनाको मृत्यु भएको छ । संक्रमित शुन्य भएका जिल्ला ६ वटा छन् ।

Logo