#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व680592139679730987143310410
नेपाल2912112568333

सरकारले तोक्यो खसी, बोका र च्याङ्ग्राको मूल्य, कसको कति ?

सरकारले खसीबोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशै‌ंलाई लक्षित गरी मूल्य तोकेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले ज्युँदो खसीबोका ५ सय ५० रुपैयाँ प्रतिकेजी र  ज्युँदो च्याङ्ग्रा ७ सय ३० रुपैयाँ प्रतिकेजी तोकिएको जानकारी दिए । उनले मनाङ र मुस्ताङबाट १९ सय २० च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट ९ सय वटा खसी बोका ल्याइसकेको बताए।

कम्पनीले आफ्नो कार्यालय थापाथलीमा आजैबाट खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरू गरेको छ । कम्पनीले ३ हजार खसी, बोका र च्याङ्ग्रा बिक्री गर्दैछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार