अक्टोबर महिनामा जन्मनेहरू शान्त एवं स्मार्ट हुन्छन् !

तपाईंको जन्म कुनै पनि सालको अक्टोबर महिनामा भएको हो भने ज्योतिषशास्त्रका अनुसार तपाई अत्यन्त शान्त स्वभावको हुनुहुन्छ । हेर्दा यति स्मार्ट हुनुहुन्छ कि अरूलाई तपाईंको व्यक्तित्वप्रति इष्र्या लाग्नसक्छ । प्रारम्भिक अवस्थामा तपाईंको आकर्षण केही हुनसक्छ तर जब जब तपाईंको उमेर बढ्दै जान्छ, तपाईं जवान अवस्थासम्म पुग्दा तपाईंको सौन्दर्य एवं स्वास्थ्यमा सुधार देखा पर्न थाल्छ । विश्वास गर्नुहोस्, यस्तो सुधार यति गजबले हुन्छ कि तपाईंलाई चाहनेहरूको लाइन लाग्न थाल्छ ।

तपाईं आफ्नो वरपर एउटा रहस्यमयी घेरा बनाइराख्नुहुन्छ । तपाईंको दायरा तोड्ने साहस हर कोहीको वशमा हुँदैन । हर कोहीसँग तपाईंको मित्रता पनि हुन सक्दैन । तपाईंको व्यक्तित्व राजसी हुन्छ । हरेक चिजलाई सुन्दर एवं व्यवस्थित तरिकाले गर्नु तपाईंको खुबीभित्र पर्छ । तपाईं अस्तव्यस्त रहन रुचाउनुहुन्न, अक्टोबर महिनामा जन्मेर पनि अस्तव्यस्त रहनुहुन्छ भने तपाईंले आफूलाई गहिरिएर नियाल्नु (आत्मावलोकन गर्नु) आवश्यक छ । कतै तपाईंले अहिलेसम्म आफूलाई राम्रोसँग नचिन्नुभएको त छैन ।

सुन्दर रहनु र सुन्दर देखिनुमा अन्तर छ । तपाई सुन्दर रहनेवालामा पर्नुहुन्छ भलै तपाईंको अनुहार र जिउडाल सामान्य किन नहोस् तर तपाईंमा केही त्यस्तो प्रबल आकर्षण हुन्छ कि आफूलाई अनौठो तरिकाले पेस गरेर तपाईं सबैको मन जित्न सक्नुहुन्छ ।

तपाईमा संकटबाट पार पाउन सक्ने शक्ति पनि विशिष्ट खालको हुन्छ । चरम निराशाको अवस्थाबाट पनि तपाई बारम्बार सकुशल बाहिर निस्कन सक्नुहुन्छ । कुनै पनि विषयमा तुरुन्त प्रतिक्रिया दिइहाल्ने स्वभाव तपाईंको छैन । आफ्नो कुरालाई समयपरिस्थितिअनुसार नापजोख गरेर अभिव्यक्त गर्नु तपाईंको पहिचान हो । शब्दहरूलाई खेर जान नदिई शब्दहरूलाई उचित समयमा उचित तरिकाले राख्ने जुन खुबी तपाईंमा छ त्यसको जवाफ छैन ।

अक्टोबरमा जन्मिएका केही युवा सम्बन्धको राजनीतिमा कुशल हुन्छन् । तपाईंमा कुनै पनि कुरालाई गहिराइमा गएर बुझ्नसक्ने अद्भुत योग्यता हुन्छ । अर्को शब्दमा भन्दा तपाईंको सार्पनेस अरूका लागि जलनको विषय बन्नसक्छ ।

प्रेमको विषयमा तपाईंलाई कसैले भेट्न सक्दैन । आफ्नो साथीलाई हदैसम्म पुगेर प्रेम गर्न र मरेर चाहन जति तपाईं सक्नुहुन्छ, त्यो हरेकको वशमा हुँदैन । सामान्यतया तपाईंको प्रेम सफल हुँदैन तर तपाईंको दिल दुखेको कुरा तपाईंले झेलिरहनुभएको पीडाको सुइँको घरका सदस्यहरूले पनि पाउन सक्दैनन् । प्रेमको नाममा रुनुकराउनु तपाईंलाई फिटिक्कै मन पर्दैन । आफ्नो ब्रेकअप भइहाल्यो भने पनि तपाईं त्यस विषयलाई लिएर क्रियाप्रतिक्रिया एवं आरोपप्रत्यारोपमा उत्रनुभन्दा चुप लागेर बस्न रुचाउनुहुन्छ । सबैले तपाईंको प्रेमको विषयमा थाहा पाइसक्दा पनि तपाईंको मुख भने केही गरी पनि त्यस विषयमा खुल्दैन । तपाईंमा अरूको सम्मानको कतिसम्म ख्याल हुन्छ भने सपनामा पनि अरूको अहित चिताउनुहुन्न ।

तपाईंका लागि प्रविधि, राजनीति, कला, अभिनय, व्यापार–व्यवसाय वा मेडिकल क्षेत्र उपयुक्त हुन्छ । खास कुरा के भने तपाई यीमध्ये जुनसुकै क्षेत्रमा लागे पनि आफ्नो क्षेत्रको उच्चतम तहमा पुगेर मात्र सास फेर्नुहुन्छ । तपाईं निरन्तर श्रेष्ठताको सपना देख्नुहुन्छ र त्यसलाई पूरा पनि गर्नुहुन्छ ।

अक्टोबरमा जन्मिएका युवतीहरू गरिमामयी सौन्दर्यका मालिक्नी हुन्छन् । यिनीहरूको आँखा अत्यन्त सुन्दर हुन्छ जसमा नजर लगाउनेवाला नडुबी रहन सक्दैन । यिनीहरू मनका हिसाबले केही डिप्लोम्याटिक हुन्छन् तापनि कसैको अहित भने गर्दैनन् ।
प्रेमको सवालमा जति समर्पित हुन्छन् त्यति नै अबुझ पनि । यति गहिरो गरी प्रेम गर्छन् कि जसलाई चाहन्छन्, तनमन पूरै समर्पित गर्छन् । तर यदि ब्रेकअप भयो भने छिट्टै अर्को सम्बन्ध बनाउन हतार गर्छन् र यो हतारको परिणामस्वरूप जीवनभर पीडा झेल्नुपर्ने अवस्थामा पुग्छन् । खास कुरा के भने यिनीहरूको आत्मविश्वास गज्जबको हुन्छ तर मनबाट भने कसै न कसैमाथि निर्भर भइरहन चाहन्छन् ।

अक्टोबरमा जन्मिएकाहरूलाई सल्लाह के छ भने अलिकति संवाद बढाउनुहोस् । सही र गलत साथीलाई समयमै पहिचान गर्नुहोस् । आफ्नो प्रतिभाको शोषण हुन नदिनुहोस् । आफूलाई सुन्दर बनाएर राख्नुहोस्, यही नै तपाईंको सबैभन्दा ठूलो तागत हो ।

भाग्यशाली अंक : २, ६, ७, ८
भाग्यशाली रंग : गाढा कलेजी, मयूरी हरियो, कालो
भाग्यशाली बार : मंगलबार, विहिबार, शुक्रबार
भाग्यशाली रत्न : हीरा

ताजा समाचार

अक्टोबर महिनामा जन्मनेहरू शान्त एवं स्मार्ट हुन्छन् !