बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु


काठमाडौं ।

मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा करिब साढे १ घण्टा ढिलो गरी बैठक शुरु भएको हो ।

आजको बैठकले आइतबार सिसिएसी बैठकले गरेका प्रस्तावहरु स्वीकृति गर्ने कार्यतालिका रहेको बताइएको छ ।

विद्यालय भर्ना, लामो दूरीका सवारीसाधन सञ्चालन तथा आन्तरिक एवं बाह्य हवाई उडान संचालनको समय सम्बन्धि निर्णयका लागि आज मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

सिसिएसी बैठकले उल्लेखित विषयमा कम्तीमा पनि भदौ १५ गते सम्म बन्द गर्नु पर्ने प्रस्ताव गरेको छ ।

Logo